नेकपा (एमाले) ले माथिल्लो कर्णाली परियोजना भारतीय कम्पनी जीएमआरलाई जिम्मा लगाएकोप्रति आपत्ति जनाएको छ।
कर्णाली कार्यक्षेत्र भएका एमालेका केन्द्रीय सदस्यहरुको बैठकले कर्णालीमा हालसम्म कुनै मेघा परियोजना सञ्चालित नभएको, माथिल्लो कर्णाली १५ बर्षदेखि भारतीय कम्पनीलाई ओगटेर राख्नदिइएको, अझ हालै प्रधानमन्त्रीको भारत भ्रमणका बेलाफुकोट कर्णाली बिना प्रतिस्पर्धा भारतीय कम्पनीलाई सुम्पिने काम भएको भन्दै आपत्ति जनाएको हो।
यस्तै, बैठकले कर्णाली र भेरी करिडरको बाटोलाई प्राथमिकता नराखिएको, दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन् सम्बन्धी सुरु भएको योजना अलपत्र परेको, नलगाड जलविद्युत् परियोजनाको कामलाई लामो समयदेखि अल्झाएर राखिएको र यस्ता कामबाट कर्णालीमा आगामी कैयौँ वर्षसम्म विकासका ठूला काम हुनै नदिन होल्ड गरेर राख्ने षड्यन्त्र भएको निष्कर्ष निकालेको छ।
सुर्खेतको वीरेन्द्रनगरमा भदौ ५ र ६ गते बसेको उक्त बैठकले सात बुँदे प्रतिबद्धता जाहेर गरेको हो।
यस्तै, बैठकले कर्णालीको विकास निर्माण, स्वस्थ्य, खानेपानीलगायतका विषयमा छलफल गरेको जनाइएको छ।
Shares
प्रतिक्रिया