गत शुक्रबार राति जाजरकोटको बारेकाट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितहरूलाई बल्ल राहतका सामग्रीहरू पुग्न थालेका छन्।
भूकम्पले घरहरू ढलेसँगै खुला आकाशमुनि बस्न बाध्य भएका पीडितहरू विस्तारै त्रिपाल पुग्न थालेसँगै केही राहत महसुस गर्न थालेका छन्। बारीकै पाटामा भूकम्पको परकम्पसँगै त्रास लिएर रात काट्न बाध्य पीडितहरूले अब भने त्रिपाल पाउन थालेका हुन्।
छिमेकी राष्ट्र, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, विभिन्न राजनीतिक दल तथा सरकारी कोषबाट धमाधम जाजरकोट र रुकुम पश्चिमका प्रभावित क्षेत्रमा राहतका सामग्रीहरू थालेका हुन्।
हेर्नुस् भूकम्प प्रभावित क्षेत्र जाजरकोटका केही तस्बिरः
75
Shares
प्रतिक्रिया