सुर्खेतको पञ्चपुरी नगरपालिकामा एक युवक मृत फेला परेका छन्। मृतक युवक शरीरका विभिन्न भागहरूमा चोट लागेको अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पञ्चपुरी नगरपालिका–६ बस्ने १८ वर्षीय युवक भरत बुढा मृत फेला परेका हुन्।
‘गयराति १ बजेको समयमा बुढा मृत फेला परेको खबर हामीलाई जानकारी आएको थियो,’ उनले भने, ‘खबर पाउनबित्तिकै इलका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटना शंकास्पद देखिएकाले जिल्ला प्रहरी कार्यालयबाट थप टोली बिहान परिचालन गरिएको छ।’
एसपी थापाको टोलीसँगै कोहलपुरबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली पञ्चपुरी पुगेर अनुसन्धान थालिरहेको छ। प्रहरीका अनुसार युवकको शव घटनास्थलमै रहेको छ।
3.4k
Shares
प्रतिक्रिया