ad ad

कर्णाली


एमाले अध्यक्ष ओली सुर्खेत आउँदै, यस्ता छन् कार्यक्रम

एमाले अध्यक्ष ओली सुर्खेत आउँदै, यस्ता छन् कार्यक्रम

फाइल तस्बिर : एमाले अध्यक्ष केपी शर्मा ओली


नेपालखबर
माघ ५, २०८० शुक्रबार १०:३१, सुर्खेत

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार सुर्खेत आउने भएका छन्। शुक्रबार मध्यपश्चिम विश्वविद्यालयको भवन उद्घाटन तथा प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्न सुर्खेत आउन लागेको हुन्। 

सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयको विभिन्न कार्यक्रम तथा पार्टीको प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्न सुर्खेत आउने भएका हुन्। 

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहका अनुसार अध्यक्ष ओलीले विद्यालयको स्कुल अफ मेनेजमेन्ट (मुसुम) को नवनिर्मित भवनको उद्घाटन गर्ने कार्याक्रम छ।

उनका अनुसार सोही भवनमा सञ्चालन हुने कर्णाली आदिवासी ज्ञान, सीप तथा प्रविधि सम्बन्धी संस्थाको पनि शुभारम्भ गर्नेछन्। साथै विश्वविद्यालयको डिजिटलाइजेशन एण्ड अटोमेशन सिस्टम कार्यक्रमको पनि उद्घाटन विश्वविद्यालयले जनाएको छ। 

यस्तै, विश्वविद्यालयलाई पेपरलेस बनाउन ४ वर्षदेखि भएको प्रयासको परिणामस्वरूप सुरु भएको सो कार्यक्रमको उद्घाटन पनि अध्यक्ष ओलीले नै गर्नेछन्।

अध्यक्ष ओली र विश्वविद्यालयका विद्यार्थीबीच एक घण्टा अन्तरक्रिया कार्यक्रम समेत छ।

साथै एमाले अध्यक्ष ओलीले शुक्रबार बेलुका एमाले कर्णाली प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .