कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन फागुन ३० गते आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
शुक्रबार (फागुन १८ गते) बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले फागुन ३० गते बुधबार अधिवेशन आह्वान गर्नका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवशेन यही फागुन ३० गते आह्वान गर्नका लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिए।
दोस्रो अधिवशेन अन्त्य भएको पाँच महिनापछि तेस्रो अधिवेशन आह्वान गर्ने निर्णय गरिएको हो।
प्रदेश सभाको दोस्रो अधिवेशनको ३९औं बैठक गत असोज २२ गते अन्त्य गरिएको थियो।
21
Shares
प्रतिक्रिया