नेकपा एमाले भैरवी गाउँ कमिटी दैलेखको अध्यक्षमा शान्तिप्रसाद रिजालले आधिकारिकता पाएका छन्।
एमालेको संगठन विभागले रिजाललाई नै आधिकारिक अध्यक्ष भएको जनाएको छ।
गत फागुन २९ गतेबाट भएको पालिका कमिटीको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्वका लागि निर्वाचन भएको थियो।
जसमा अध्यक्षका उम्मेदवार शान्तिप्रसाद रिजाल र जगतप्रसाद आचार्यले समान मत प्राप्त गरेपछि अध्यक्ष घोषणा रोकिएको थियो।
उनीहरूले १७५/१७५ मत प्राप्त गरेका थिए। निर्णायक एक मतका लागि विवाद भएको थियो।
1.5k
Shares
प्रतिक्रिया