पत्रकार महासंघ सुर्खेत शाखाले ८ पत्रकारलाई पुरस्कार प्रदान गरेको छ।
महासंघ शाखा सुर्खेतको १२औँ अधिवेशन तथा साधारणसभाकाका अवसरमा शनिबार ८ पत्रकारलाई पुरस्कार दिइएको हो।
जसअनुसार वर्ष पुरस्कार कान्तिपुर टेलिभिजनका कमल पन्त, क्रियाशील पत्रकारिता पुरस्कार शिलापत्र डटकमका ओम शाही, खानेपानी तथा सरसफाइ पुरस्कार पहिलो प्रेस डटकमका शेरबहादुर थापा र सत्य पत्रिका डटकमका चन्द्रा कँडेल र स्व. नन्दु गेलाङ्ग पत्रकारिता पुरस्कार रेडियो भेरीकी डिलु रावतले पाएका छन्।
यस्तै शान्ति तथा विकास पत्रकारिता पुरस्कार नयाँ पत्रिका दैनिकका रमेश रावललाई र स्काई न्युज दैनिकका आकाशतारा बयकलाई तथा युवा पत्रकारिता पुरस्कार गोरखापत्रकर्मी नवीनकुमार सुवेदीलाई प्रदान गरियो।
उनीहरूलाई कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नगद र प्रमाणपत्रसहित पुरस्कार हस्तान्तरण गरेका थिए।
Shares
प्रतिक्रिया