रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। उक्त दुर्घटनामा परी तीन जना घाइते भएका छन्।
जिल्लाको आठबिसकोट नगरपालिका–१४ छेपारेमा जाजरकोटको रिम्नातर्फ जाँदै गरेको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नवराज पोख्रेलले दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि मिसन अस्पताल चौरजहारी पठाइएको जानकारी दिए।
उनका अनुसार ट्याक्टर सडकबाट डेढ सय मिटर तल खसेको छ भने दुर्घटनाको कारण र मृतकको पहिचान खुल्न सकेको छैन्।
144
Shares
प्रतिक्रिया