कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा हुने भएको छ।
कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिइएको जनाएको छ।
साउन १ गते बिदा दिने निर्णय गत बैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले गरेको थियो।
27
Shares
प्रतिक्रिया