मोरङ क्षेत्र नम्बर ३ बाट सुनिल शर्मा प्रतिनिधि समा सदस्य निर्वाचनका लागि एकल उमेदवार सिफारिस हुँदा शेखर कोइरालाले भने डिला संग्रौलासँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।
६ वटा क्षेत्र भएको मोरङमा क्षेत्र नम्बर ६ बाट शेखरको नाम उमेदवारका रूपमा सिफारिस भएको छ। यही क्षेत्रबाट डा डिला संग्रौलाको पनि नाम सिफारिस गरिएको छ। संग्रौला देउवा पक्षका नेताका रूपमा चिनिन्छन्। उनी समानुपातिक तर्फबाट सांसद छन्।
नेपाली कांग्रेसको मोरङ जिल्ला सचिव मोदराज घिमिरेका अनुसार यसरी नाम सिफारिस भएकाहरूमा सुनिल शर्मा मात्रै एकल सिफारिस भएका छन्।
अघिल्लो निर्वाचनमा उनी मोरङ क्षेत्र नम्बर ३ मा एमालेका भानुभक्त ढकालसँग हारेका थिए। उनी नोबेल मेडिकल कलेजका सञ्चालक हुन्।
मोरङको क्षेत्र नम्बर १ का लागि जिल्ला सभापति डिगबहादुर लिम्बु, रामप्रसाद पोखरेल र जयाधर्मा आचार्यको नाम प्रतिनीधि सभा सदस्य निर्वाचनमा उमेदवारका रूपमा नाम सिफारिस भएको छ।
सो क्षेत्रबाट ७४ को निर्वाचनमा डिगबहादुर लिम्बुलाई हराँउदै एमालेका घनश्याम खतिवडा विजयी भएका थिए।
त्यस्तै क्षेत्र नम्बर २ मा यसअघि निर्वाचित डा मीनेन्द्र रिजाल र सुजाता कोइरालाको नाम सिफारिस गरिएको छ। मिनेन्द्रले सो क्षेत्रबाट अघिल्लोपटक चुनाव जितेका थिए। सुजाता भने सुनसरी क्षेत्र नम्बर ४ छाडेर मोरङ २ आएकी हुन्।
४ का लागि भने ५ जनाको नाम सिफारिस भएको छ। कांग्रेसका प्रभावशाली नेताहरू महेश आचार्य, दिलीप गच्छदार, गुरुराज घिमिरे, अमृत अर्याल र भीम पराजुलीको नाम सो क्षेत्रबाट सिफारिस भएको हाे। आचार्य पटकपटक संघीय मन्त्री भइसकेका केन्द्रीय नेता हुन् भने गच्छदार संविधान सभाको सदस्य भइसकेका नेता हुन्।
त्यस्तै घिमिरे पार्टीको केन्द्रीय सदस्य तथा प्रदेश १ को सभापतिमा पराजित नेता हुन् भने पराजुली विराटनगर महानगरपालिकाको तात्कालीन मेयर तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्।
अमृत अर्याल भने संविधान सभाको सदस्य भइसकेका र हाल पार्टीका केन्द्रीय सदस्य हुन्। हो।
निर्वाचन क्षेत्र नम्बर ५ मा अमृत आर्याल र हसन अन्सारीको नाम सिफारिस भएको छ। सिफारिस भएको दुवै जना पार्टी केन्द्रीय सदस्य हुन्। अर्यालको नाम ४ र ५ दुवै निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ।
प्रतिक्रिया