नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाका लागि अछामबाट उम्मेदवार सिफारिस गरेको छ।
दुईवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको अछाममा प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ ८ जनाको नाम सिफारिसमा परेका जिल्ला कार्य समिति सचिव टक्करबहादुर शाहले बताए।
निर्वाचन क्षेत्र १ मा प्रतिनिधि सभा प्रत्यक्षतर्फ कांग्रेस केन्द्रीय सदस्य गोविन्दबहादुर शाह, निवर्तमान सभापति भरतकुमार स्वार, महासमिति सदस्य टीकाराम खनाल र महाधिवेशन प्रतिनिधि राजेन्द्रबहादुर शाहको नाम सिफारिस भएको छ।
यो नेकपा एमालेका नेता डा. भीम रावलले चुनाव लड्दै आएको क्षेत्र पनि हो। ०७४ सालको चुनावमा रावल अछाम १ बाट कांग्रेसका स्वारलाई पराजित गर्दै २४ हजार ८९३ मत सहित विजयी भएका थिए। स्वाँरले १७ हजार ६८९ मत ल्याएका थिए।
यस्तै, क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ समानुपातिकमा ७ जनाको नाम सिफारिस भएको छ। अनुराधा कुमारी स्वार, मोतिलाल बोहरा, डम्बर बहादुर सुनार, मो अक्रामुल शेख, शान्ता कुवँर, लक्ष्मी शाह र सुरेन्द्र खड्का समानुपातिकमा सिफारिस भएका छन्।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ ४ जना आँकाक्षी देखिएका छन्। यहाँका सभापति पुष्पबहादुर शाह, महासमिति सदस्यद्धय बलबहादुर कुवँर, गणेशबहादुर बिष्ट र महाधिवेशन प्रतिनिधि रामबहादुर शाहीको नाम सिफारिस भएको हो।
समानुपातिकतर्फ प्रदेश सांसद अम्बिकुमारी थापा, पूर्वसांसद अक्कलबहादुर बिष्ट, देवराज देवकोटा, टेकबहादुर विक, बीपी रेग्मी, सुनिता थापा र विनोद थापा गरी ७ जनाको नाम सिफारिस भएको छ।
४ वटा प्रदेश सभा सिटमा प्रत्यक्षतर्फ कांग्रेस अछाममा ३४ जना आकांक्षी देखिएका छन्। प्रदेश १(१) मा ५ जना, (२) मा ८ जना, प्रदेश २ (१) मा १२ जना र (२) मा ९ जनाको नाम सिफारिस भएको छ।
प्रदेश १ (१) मा प्रत्यक्षतर्फ मेघराज खड्का, भक्तबहादुर ठकुल्ला, राजन कुवँर, टेकबहादुर कुवँर र चक्रबहादुर कुवँर छन्। यो क्षेत्रमा २० जनाको नाम समानुपातिकतर्फ सिफारिस भएको छ।
यस्तै प्रदेश सभा १ (२)मा पदमबहादुर शाह, रेबन्त अधिकारी, पदमबहादुर खड्का, हर्कबहादुर स्वार, राजेन्द्र बहादुर खड्का्, शेरबहादुर शाह, कालीबहादुर बुढा र दुर्गाप्रसाद तिमिल्सिना सिफारिसमा परेका छन्। यहाँबाट १३ जनाको नाम समानुपातिकमा परेको छ।
प्रदेश सभा २ (१) बाट प्रत्यक्षतर्फ अम्बिकुमारी थापा, सुरतबहादुर बिष्ट, ओमप्रकाश बिष्ट, मानबहादुर शाही, पुष्पराज शर्मा, बेदप्रकाश तिमल्सेना, रामबहादुर शाही, लक्ष्मणबहादुर शाह, ताराप्रसाद खना, वीरबहादुर शाही, टंकबहादुर धामी र अनिल विष्ट सिफारिस भएका छन्। यहाँबाट समानुपातिकमा १३ जनाको नाम सिफारिस भएको छ।
यस्तै, प्रदेश सभा २(२)मा प्रत्यक्षतर्फ पदमराज अधिकारी, दिनेशकुमार स्वार, मानबहादुर रावल, रवीन्द्रबहादुर शाही, धनबहादुर बुढा, डा. दिनेश रावल, टंकबहादुर साउद, डा. सन्तोष उपाध्याय र हेमराज ढुंगानाको नाम सिफारिस भएको हो। यहाँबाट समानुपातिकतर्फ १९ जनाको नाम सिफारिसमा परेको छ।
Shares
प्रतिक्रिया