नेकपा माओवादी केन्दले नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको छ।
दलको बैठकले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने निणर्य गरेको प्रदेश सभा सदस्य गणेश उप्रेतीले बताए।
यससँगै प्रदेश १ मा एमालेको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ।
उनीहरुले आइतवारै प्रदेश प्रमुखसामु कार्कीलाई मुख्यमन्त्रीका रुपमा प्रस्तुत गर्नेछन्।
एमालेले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको थियो। माओवादी केन्द्रले संसदीय दलका नेता रहेका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको थियो।
पुस १७ गते नै प्रदेश प्रमुखले एक साताको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न प्रमुख खापुङले आव्हान गरेका थिए।
९३ सदस्सीय सभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ। एमालेसँग ४० र माओवादीसँग १३ सिट छ।
केन्द्रीय गठबन्धनमा सामेल रहेको राप्रपाको ६ सिट र जसपाको १ सिट थपिँदा सरकारलाई ६० सांसदको समर्थन पुग्नेछ।
प्रदेशसभामा नेपाली कांग्रेससँग २९ र एकीकृत समाजवादीसँग ४ सांसद छन्।
प्रतिक्रिया