कोशी प्रदेश सरकारले हालै आएको बाढी पहिरामा परी मृत्यु हुनेप्रति मृतकका परिवारलाई एक लाख दिने निर्णय गरेको छ।
कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले घाइतेलाई उपचारका ५० हजार राहतस्वरूप दिने पनि निर्णय गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए।
त्यसैगरी, बैठकले कोशी प्रदेश पुनःनामकरण सङ्घर्ष समितिसँग भएको वार्ता समितिको प्रशासनिक तथा व्यवस्थापकीय खर्च उपलब्ध गराउने निर्णय गरेको छ।
42
Shares
प्रतिक्रिया