ad ad

कोशी


कोशीमा सर्वपक्षीय सरकारको विकल्प छैन, अन्यथा मध्यावधितर्फ जानुपर्छ : मुख्यमन्त्री

कोशीमा सर्वपक्षीय सरकारको विकल्प छैन, अन्यथा मध्यावधितर्फ जानुपर्छ : मुख्यमन्त्री

बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मत माग्दै मुख्यमन्त्री हिक्मतकुमार कार्की।


नेपालखबर
असार १४, २०८० बिहिबार १५:३८, काठमाडौँ

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा अहिले अर्को सरकार बन्ने सम्भावना भएको दाबी गरेका छन्। बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मत माग्दै कार्कीले सर्वपक्षीय सरकारको विकल्प नरहेको बताए। 

उनले यो सरकारले ठिक गर्दागर्दै अविश्वास गर्न नहुने बताए। 

मुख्यमन्त्री कार्कीले कोशीको मौजुद अवस्था र अंकगणितलाई हेरेर अहिलेको सरकारको निरन्तरता आवश्यक रहेको बताए। अन्यथा, मध्यावधि निर्वाचनतर्फ जानुपर्ने बाध्यता रहेको उनले बताए। 

‘मैले प्रदेशको मौजुद अवस्था र यहाँको गणितलाई  हेरेर सर्वपक्षीय सरकारको आह्वान गरेँ। मैले प्रयास गर्दा सार्थक निश्कर्षमा पुर्याउन सकेको छैन। यही बाटोमा जानुपर्छ,’ कार्कीले भने, ‘यो भन्दा अर्को विकल्प छैन। यो बाटोमा नजाने हो भने हामीले मध्यावधि निर्वाचनको सामना गर्नुपर्छ। कानुनी रुपमा गर्नुपार्ला, तर कोहीपनि तयार छैन।’

‘म फेरिपनि भन्छु, अर्को सरकार बन्ने सम्भावना मैले देख्दिँन। प्रदेश प्रमुख र सभामुखको आ आफ्नो संवैधानिक दायीत्व हुन्छ,’ उनले थपे। 

उनले आफू नेतृत्वको सरकारले खर्च गर्ने क्षमता पनि बढाएको दाबी गरे। ‘अब ६ दिनभित्र प्रदेशको पुँजीगत र चालु खर्च ८० प्रतिशतभन्दा बढी खर्च गर्ने क्षमता सरकारले बढाएको छ। सरकार ठिक ठाउँमा छ र ठिठक ढंगबाट अघि बढ्न सक्छ भन्ने कुराको ग्यारेन्टी हामीले गरेका छौं,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .