उदयपुर र खोटाङ जोड्ने फोक्सिङटारस्थित सुनकोसी नदीको पक्की पुल बाढीले बगाएको छ।
शनिबार दिउँसो सुनकोसीमा आएको बाढीले पुल बगाएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी पुरुषोत्तम खड्काले बताए।
स्थानीयले पुल बगाएको जानकारी दिएपछि अहिले प्रहरीको टोली पनि त्यहाँ पठाएको डीएसपी खड्काले बताएका छन्। खोटाङको लिच्कीराम्चे र उदयपुरको फोक्सिङटारमा रहेको पुल बगाएसँगै दुई जिल्लाको सिधा यातायात सेवा टुटेको हो।
यो पुल निर्माण गर्न १३ वर्ष लागेको थियो। तर सञ्चालनमा आएको १८ महिनामै बाढीले बगाएको हो। दुधकोसी र सुनकोसीमा पर्ने अन्य पुल पनि उच्च जोखिममा छन्।
120
Shares
प्रतिक्रिया