प्रतिनिधि सभा सदस्य इलाम क्षेत्र नम्बर २ मा जारी मतदानमा अहिलेसम्म २० प्रतिशत मत खसेको छ।
त्यहाँका मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले बिहान १० बजेसम्म २० प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी नेपालखबरलाई दिएका हुन्।
‘बिहान १० बजेसम्म करिब २० प्रतिशत मत खसेको छ। कहीँ २१ प्रतिशतसम्म र कहीँ १८ प्रतिशतको हाराहारीमा मत खसेको छ’, उनले भने।
यस्तै उनले अहिलेसम्म मतदान शान्तिपूर्ण रूपमा भइरहेको र मतदाता पनि उत्साहित ढंगले सहभागी भइरहेको जानकारी पनि दिए।
‘अहिलेसम्म सबैतिर सहज तरिकाबाट मतदान भइरहेको हामीली रिपोर्टिङ लिएका छौँ। म आफैँ पनि अहिले फिल्डमै मतदान अवस्थाबारे बुझिरहेको छु’, मुख्य निर्वाचन अधिकृत घिमिरेले भने, ‘मतदाताहरू उत्साहित हुँदै मतदानमा सक्रिय भएको पाएका छौँ।’
261
Shares
प्रतिक्रिया