ad ad

कोशी


उदयपुरमा आमाछोराको हत्या आरोपमा मगर पक्राउ

उदयपुरमा आमाछोराको हत्या आरोपमा मगर पक्राउ

नेपालखबर
असोज ४, २०८१ शुक्रबार २२:१५, उदयपुर

उदयपुरको कटारी नगरपालिका–१०, सोरुङ छबिसेमा गत भदौ २० मा भएको आमाछोरा हत्या घटनाका आरोपीलाई एक जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ।

वडा कार्यालयनजिकै किराना पसल गरी बस्ने ३८ वर्षीया आमा निर्मला थापा र उनका ६ वर्षीय छोरा आरुस थापाको हत्या गरेको आरोपगमा सोरुङ छबिसेकै ३२ वर्षीय ताराबहादुर थापामगरलाई प्रहरीले सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईंको टोली सोरुङ छबिसेमै रहेर अनुसन्धान गरेको थियो।

जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीका अनुसार घटना भएको राति आरोपी मगर महिला सुतेको स्थानमा पुगेका थिए। त्यसपछि उनीहरूबीच विवाद भएको र रिसमा मगरले खुकुरी प्रहार गरेको पाइएको छ।

अभियुक्तले घरबाट नै खुकुरी बोकेर गएको प्रहरीले जनाएको छ।

आपसी विवाद भएपछि पटकपटक खुकुरी प्रहार गरेको र सोही क्रममा सँगै सुतिरहेका छोरा आरुस उठेर कराउन थालेपछि छोरालाई पनि खुकुरी प्रहार गरी हत्या गरेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ।

प्रहरीले अदालतबाट अनुसन्धानका लागि हिरासतमा राख्न ७ दिनको म्याद पाएको छ।

घटनामा प्रयोग भएका खुकुरी, मृतक महिलाको मोबाइल, अभियुक्तले घटनापश्चात नजिकैको खोलामा धोएर सुकाएको हाफपाइन्ट बरामद गरिएको योगीले जानकारी दिए।

प्रहरीका अनुसार आरोपी मगर भोलिपल्ट बिहान घटनास्थलमा पनि आएका थिए। कटारी अस्पत्तालमा शव परीक्षणका समयमा स्थानीयसँग आएको र दाहसंस्कारमा उपस्थित भएकाले तत्काल शंका गर्नुभन्दा आवश्यक प्रमाण जुटाउन समय लागेको अनुसन्धानमा खटिएका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले बताए।

मृतक महिलाका श्रीमान् अशोक थापा तीन वर्षअघि नै कान्छी श्रीमती लिएर भारत तिर गएका थिए। अभियुक्त मगरका श्रीमती, एक छोरा र छोरी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .