प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ।
हालसम्म १९ हजार १ सय ८१ मत गनिसकिएको छ। सो क्रममा २ सय ३३ मत बदर भएका छन्।
पछिल्लो समय फाकफोकथुम गाउँपालिकाका सबै र चुलाचुली गाउँपालिकाका पाँच वडाको मत गणना सकिएको छ। अहिले चुलाचुली गाउँपालिका–६ को मतगणना सुरु भएको छ।
गत शनिबार भएको मतदानमा १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको इलाम २ मा ६९ हजार २ सय ८७ मत खसेको थियो।
यस हिसाबले अब अझै ५० हजारभन्दा धेरै मत गणना गर्न बाँकी देखिन्छ।
अहिलेसम्म नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङको अग्रता कायमै छ। पछिल्लो मत परिणामअनुसार उनले ७ हजार ६ सय ७७ मत प्राप्त गरेका छन्।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ५ हजार ३ सय ९५ मत प्राप्त गरेका छन्।
यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले ४ हजार ५८ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बुले १ हजार १ सय ६२ मत प्राप्त गरेका छन्।
Shares
प्रतिक्रिया