सहकारीको रकम अपचलन भएको सम्बन्धमा संसदीय छानबिन समिति बनाउन सहमत राजनीतिक दलहरू आइतबार बिहानैबाट समितिको कार्यादेश (टीओआर) कस्तो हुने भन्ने विषयमा छलफलमा जुटेका छन्।
बिहान झण्डै ९ बजेदेखि बसेको बैठक अपरान्ह सम्म आइपुग्दा पनि निष्कर्षमा पुग्न सकेन। नेपाली कांग्रेसका सांसद जीवन परियारका अनुसार, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम राखेरै छानबिन समिति बनाउने कुरामा उनको पार्टीको अडान कायमै छ।
‘नेपाली कांग्रेसले छानबिनको दायरामा गृहमन्त्री पनि पर्नुपर्छ भनेका थियौँ, त्यो अडान अहिले यथावत् नै छ,’ उनले भने।
साथै, उनले कार्यदलले तयार पार्ने टीओआरका बारेमा विभिन्न ढंगबाट छलफल चलिरहेको र अन्तिम निष्कर्ष ननिस्किएको उनले बताएउ।
‘छलफल सकारात्मक ढंगबाट अघि बढेकै छ,’ उनले भने, ‘फेरि बस्नेगरी छलफल अघि बढेको छ। ’
126
Shares
प्रतिक्रिया