ad ad

कोशी


लगातार वर्षाले भोजपुरमा यसरी भासियो सडक

लगातार वर्षाले भोजपुरमा यसरी भासियो सडक

मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ मेस्पाङामा बुधबार बिहान भासिएको सडक। तस्बिर : रासस


नेपालखबर
असार २६, २०८१ बुधबार ११:५४, भोजपुर

अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुरको टेम्केमैयुङ गाउँपालिका-३ मेस्पाङामा सडक भासिएको छ।

भोजपुर -चखेवा सडकखण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो।

कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताइन्।

उक्त स्थानमा आज (बुधबार) बिहान सडक भासिएको हो।

‘वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ’, उपाध्यक्ष राईले भनिन्,‘सडकमा ठूलो क्षति भएको छ। यसरी नै निरन्तर वर्षा भयो भने अझ बढी क्षति हुनसक्छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .