कुनै पनि सम्बन्ध सधै एकैनासको हुँदैन। उतारचढाव जस्तो सम्बन्धमा पनि आउँछ।
तर, कुनै अवस्थामा आफ्नो जोडीले आफूलाई माया गर्छ वा गर्दैन भन्ने द्विविधा केहीलाई हुन सक्छ। धोका दिने र शारीरिक चोट पु¥याउनेभन्दा बाहेक पनि केही यस्ता कुरा हुन्छन्, जसले आफ्नो जोडीलाई साथ नदिएको देख्न सकिन्छ।
यहाँ केही यस्ता व्यवहार उल्लेख गरिएको छ, जुन माया गर्ने जोडीले देखाउँदैनन्–
१. अरु कसैप्रति आकर्षित हुनु
केही मानिसहरुलाई कोही सेलिब्रिटीहरु मन पर्न सक्छ। यसलाई सामान्य मानिन्छ। कोही मानिस राम्रो छ भने उनीहरुको प्रशंसा गर्नु पनि नराम्रो होइन तर तपाईंभन्दा पनि अन्य साथीको राम्रो र तपाईंको नराम्रो देख्न थाल्नु भने राम्रो होइन। तपाईंलाई साँच्चै माया गर्ने जोडीको मनमा त्यस्तो सोच आउँदैन।
२. दिनहुँ झगडा गर्न खोज्नु
३. सार्वजनिक स्थानमा बेइज्जत गर्नु
तपाईंलाई माया गर्ने मानिसले कहिले पनि सार्वजनिक स्थानमा तपाईंको बेइज्जत गर्दैन, बरु सम्मान गर्छन्। दुईजना मात्र भएको बेला केही कुरामा विवाद भए पनि सार्वजनिक स्थानमा अपमान गर्ने मानिससँग सम्बन्ध राम्रो हुन सक्दैन।
४. हरेक कुरामा आलोचना गर्नु
सधैं पार्टनरको आलोचना मात्र गर्नु राम्रो होइन। सधैं तपाईंकै गल्ती देखाउने र गाली गर्छ भने यसले सम्बन्धमा दरार ल्याउन सक्छ। असल जोडीले तपाईंको राम्रो कुरामा प्रशंसा र गल्तीमा हौसला र प्रेरणा दिने काम गर्छन्। हरेक कुरामा रिसाउने सम्बन्ध खोक्रो मानिन्छ।
Shares
प्रतिक्रिया