डिजिटल जमानामा अनुहार तथा शरीरको हाउभाउविनाको कुराकानीमा इमोजीले निकै महत्वपूर्ण भूमिका खेलेको छ।
इमोजीको प्रयोग पनि धेरै मात्रामा हुने गरेको छ। विशेषगरी कोरोना महामारीको समयमा मानिसहरुलाई आफ्नो मनको कुरा राख्न इमोजीले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।
यद्यपि इमोजीको सुरुवात भने डिजिटल युगभन्दा पहिला नै सुरु भएको थियो। सन् १९८२ सेप्टेम्बर १९ मा अमेरिकाको कार्नेजी मेलन युनिभर्सिटीका विद्यार्थी स्कट फुल्हामले विभिन्न किसिमको इमोजी बनाएका थिए।
जुन इमोजी संकेतहरु प्रयोग गरी मानिसको मुहारको जस्तो चित्र देखिने गरी बनाइएको थियो। जसमध्ये सबैभन्दा मिल्दो इमोजी स्माइली फेस थियो।
अन्य इमोजी पनि विभिन्न संकेतहरु प्रयोग गरी बनाइएको थियो। जसमा ती सबै संकेतहरु जोडेर हेर्दा अहिले प्रयोग हुने इमोजीको जस्तै भाव झल्किन्थ्यो।
त्यसयता तिनै सिम्बोलहरुलाई आधार बनाएर विभिन्न इमोजी बनाइएको छ। जसको प्रयोग अहिले व्यापक मात्रामा हुँदै आएको छ। सन् १९८२ मा पहिलोपटक इमोजीको प्रयोग गर्दा कम्युटर वैज्ञानिकसमेत रहेका फाल्मनले डिजिटल कुराकानीमा इमोजीको प्रयोगले गलत बुझाइ कम हुने विश्वास राखेका थिए। त्यसपछि उनीहरुले स्कुलको बुलेटिन बोर्ड सिस्टम (बीबीएस)मा यसको प्रयोग सुरु गरेका थिए।
सुरुमा अस्थायीरुपमा सीमित मानिसलाई लक्षित गरेर इमोजी ल्याइएको भए पनि पछि बिस्तारै त्यसको प्रयोग समग्र युनिभर्सिटीभर हुन थाल्यो।
यद्यपि अहिले इमोजीको प्रयोग मानिसलाई बुझ्न सजिलो होस् भनेर मात्र होइन, केही शब्दको सट्टामा पनि यसको प्रयोग हुन थालेको छ। भाषाविद्हरुका अनुसार अहिले इमोजीको प्रयोग बुझाउने उद्देश्यका साथै आफ्नो भावना व्यक्त गर्न पनि हुन थालेको छ।
हालै मात्र युनिभर्सिटीका विद्यार्थीहरुले गरेको अध्ययनमा इन्स्टाग्राममा नेताहरुको तुलनामा सेलिब्रेटीहरुले धेरै इमोजीको प्रयोग गर्ने गरेको पाइएको थियो।
यद्यपि पछिल्लो समय आधिकारिक कुराकानीमा पनि इमोजीको प्रयोग बढ्न थालेको छ। पछिल्लो ट्रेन्डले पनि आगामी दिनमा इमोजीको प्रयोग झनै बढ्न सक्ने देखाएको भाषाविदहरुको भनाइ छ।
Shares
प्रतिक्रिया