राष्ट्रिय जनमोर्चाले निर्वाचन आयोगमा प्रतिनिधसभातर्फ चौंथो नम्बरमा समानुपातिक उम्मेदवारको बन्दसूची पेश गरेको छ।
राष्ट्रिय जनमोर्चाका नेताहरुले सोमबार निर्वाचन आयोग पुगेर उम्मेदवारहरुको बन्दसूची बुझाएका हुन्। प्रतिनिधिसभातर्फ जनमोर्चाले चौंथो नम्बरमा उम्मेदवारहरुको बन्दसूची पेश गरेको छ।
जनमोर्चाले प्रतिनिधिमा ११० बन्दसूचीमा नाम पठाएको छ।
प्रदेशसभा तर्फ सुदूरपश्चिम २१, कर्णाली १६, लुम्बिनी ३५, गण्डकी २४ बागमती २६, जनाको नाम बन्दसूचीमा पेश गरिएको पार्टीका सचिव हिमलाल पुरीले जानकारी दिए।
प्रदेश १ र मधेश प्रदेशमा भने उम्मेदवारको बन्दसूची पेश नगरिएको उनले बताए।
निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार आइतबार र सोमबार ९२ र ३ असोज० लाई बन्दसूची पेश गर्ने कार्यक्रम छ।
आज समानुपातिक सांसदको बन्द सूची बुझाउने अन्तिम दिन हो।
सोही अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राप्रपा लगायतका दलहरुले आयोग पुगेर बन्दसूची पेश गर्ने बताएका छन्।
Shares
प्रतिक्रिया