पाल्पाको हिउँदेखोलामा सडक भासिँदा बुटवल तानसेन सडक अवरुद्ध भएको छ।
सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउपालिका–५ हिउँदेखोलामा सडक भासिएको हो।
अविरल वर्षाका कारण ४० मिटर सडक भासिँदा सडक पूर्णरूपमा अवरुद्ध भएको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले बताए।
सडक खुलाउने प्रयास भइरहेको र आज ठूला गाडी सञ्चालन हुने सम्भावना कम भएको प्रहरीले बताएको छ।
48
Shares
प्रतिक्रिया