ad ad

लुम्बिनी


नयाँ वर्षमा घुम्न गएका युवकको पाल्पाको भुतखोलामा डुबेर मृत्यु

नयाँ वर्षमा घुम्न गएका युवकको पाल्पाको भुतखोलामा डुबेर मृत्यु

सांकेतिक तस्बिर


नेपालखबर
बैशाख १, २०८० शुक्रबार १८:१८, बुटवल

पाल्पाको भुतखोलामा डुबेर एक युवकको मृत्यु भएको छ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका १२ बेलहियाका २० वर्षीय शिवम जैसवालको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

शिवम आफ्ना साथीहरुसँग पाल्पाको तिनाउ गाउँपालिका ३ भुतखोला स्थित पोखरीमा घुम्न गएका थिए।

उनी अचानक चिप्लीन गइ भुतखोलाको रहमा डुबेका थिए। तत्काल उद्दार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा शिवमलाई चिकित्सहरुले मृत घोषणा गरेको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .