पाल्पामा आइतबार बिहान भएको बस दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।
दुर्घटनामा परेर ३८ जना घाइते भएको प्रहरीले जनाएको छ।
बुटवलदेखि बागलुङको बुर्तिवाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस आइतबार बिहान तिनाउ गाउँपालिका–५ जोरधारामा सडकबाट खसेको थियो।
दुर्घटनामा अन्दाजी ४० वर्षकी रुपन्देहीको देवदह नगरपालिका-३, सूयपूरा निवासी राधिका पौडेलको मृत्यु भएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्र थापाले बताए।
घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ।
घाइतेहरुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा लगिएको छ।
33
Shares
प्रतिक्रिया