चितवनमा क्षेत्र नं. २ मा आइतवार बिहान ११ बजेसम्म २३ प्रतिशत मतदान भएको छ।
जिल्ला निर्वाचन अधिकृत ईश्वर आचार्यले बिहान ११ बजेसम्म २३ प्रतिशत मतदान भइसकेको बताएका छन्।
चितवन २ मा ४३ मतदानस्थलका १३८ केन्द्रमा मतदान भइरहेको छ।
चितवन २ मा १ लाख २४ हजार ६ सय ९५ जना मतदता छन्।
जसमा ६३ हजार २ सय ९१ महिला, ६१ हजार ४ सय ३ पुरुष र एक तेस्रो लिङ्गी छन्।
मतदान बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ। अत्यधिक गर्मीका कारण मतदातालाई समस्या भइरहेको छ।
36
Shares
प्रतिक्रिया