लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका दुईजना मन्त्रीलाई बर्खास्त गरिएको छ।
नेपाली कांग्रेसबाट मुख्यमन्त्री रहेका डिल्लीबहादुर चाैधरीले सोमबार नेकपा एमालेसहितको नयाँ गठबन्धन बनेपछि माओवादीका दुईजना मन्त्रीलाई बुधबार बर्खास्त गरेका हुन्।
दुईजना मन्त्रीलाई बर्खास्त गरेपछि माओवादीले सरकारलाई दिएकाे समर्थनसमेत फिर्ता लिने निर्णय गरेको छ।
डिल्ली चाैधरी गत वैशाख १४ गते लुम्बिनीको मुख्यमन्त्री बनेका थिए। लुम्बिनीमा माओवादीसहित ८ दलकाे समर्थनमा गठबन्धन सरकार छ।
अब लुम्बिनीमा एमाले र माओवदी मिलेर सरकार बनाउने तयारी गरेका छन्।
केन्द्रमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र जनता समाजवादी पार्टी(जसपा) बीच गठबन्धन भएको छ।
अब कांग्रेस नेतृत्वका लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरूले माओवादीका मन्त्रीहरूलाई बर्खास्त गरिसकेका छन्। मन्त्रीहरू निकालिएपछि माओवादीले तीनै प्रदेशमा सरकारको समर्थन पनि फिर्ता गरेको छ।
Shares
प्रतिक्रिया