दाङमा बुधबार (आज) दुई बस ठोक्किँदा २२ यात्रु घाइते भएका छन्।
घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले दुईजनाको अवस्था गम्भीर रहेको जानकारी दिए।
गम्भीर रुपमा घाइते हुनेमा गढवा गाउँपालिका–२ का लक्ष्मण थारू र राप्ती गाउँपालिका–२ लालमटियाका ७८ वर्षीय चन्द्र कमल थापा छन्। थारू दुर्घटनामा परेको एक बसका चालक हुन्। उनीहरुलाई लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको छ।
लमही नगरपालिका– ३ वनगाउँमा दुईवटा बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
सामान्य घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ। बुटवलबाट सुर्खेत जाँदै गरेको लु१ख ७३६३ नं को बस र तुलसीपुरबाट बुटवल जाँदै गरेको रा १ ख २५८१ नम्बरको आपसमा ठोक्किएका हुन्। रासस
45
Shares
प्रतिक्रिया