नेकपा (एमाले) जिल्ला कमिटी दाङको अध्यक्षमा शिवकुमार आचार्य निर्विरोध चयन भएका छन्।
चौधौँ जिल्ला अधिवेशनले उनलाई निर्विरोध चयन गरेको हो। यस्तै अधिवेशनले उपाध्यक्षमा मनोहर बुढाथोकी, सचिवमा श्याम डाँगी तथा उपसचिवमा भुवनेश्वर पौडेल र सीता चौधरीलाई चयन गरेको छ।
जिल्ला अधिवेशनबाट १ सय १९ सदस्यीय जिल्ला कमिटी निर्विरोध निर्वाचित भएको अध्यक्ष मण्डलका संयोजक नरूलाल चौधरीले जानकारी दिए।
दाङ एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला हो।
78
Shares
प्रतिक्रिया