रुपन्देहीमा अझैसम्म मतगणना सुरु भएको छैन। दुई वटा क्षेत्रको अहिले केहीबेरमा मतगणना सुरु हुँदै छ।
क्षेत्र नम्बर ३ र ४ को अहिले साढे ९ बजेबाट मतगणना सुरु हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
त्यस्तै, क्षेत्र नम्बर २ को ११ बजेबाट मतगणना गर्ने तय भएको छ। क्षेत्र नम्बर १ र ५ मा सर्वदलीय बैठक चलिरहेको रुपन्देहीका जिल्ला निर्वाचन अधिकारी अयोध्या भण्डारीले जानकारी दिए।
क्षेत्र नम्बर १ को देवदह आदर्श क्याम्पस, २ को बुटवल उपमहानगरको पुरानो प्रशासनिक भवन, ३ को भैरहवा उच्च माविमा मतगणना हुने छ।
त्यस्तै ४ को कोटइमाइ गाउँपालिका कार्यालय र ५ को गैडहवा गाउँपालिकाको कार्यालयमा मतगणना हुने भण्डारीले बताए।
33
Shares
प्रतिक्रिया