औषधि व्यवस्था विभागले जनकपुर अनुगमन जारी राखेको छ।
वीरगन्जस्थित विभागको शाखा कार्यालयको टोलीले दाेस्राे दिन बिहीबार पनि अनुगमन गरेको हो।
अनुगमन थालेपछि दर्ताबिना सञ्चालित औषधि पसल सञ्चालकको भागाभाग भएको छ।
अनुगमन गरिरहेको सुइँको पाएपछि दर्ता नभएका थुप्रै औषधि पसले पसल बन्द गरेर फरार भएका थिए।
दर्ताबिनै अवैध रुपमा सञ्चालनमा रहेको कारण थुप्रै औषधि पसल अनुगमन गरिरहेको थाहा पाएर सिल हुन्छ कि भन्ने डरले व्यवसायीले बन्दै राखेको वा बन्द गरेर हिँडेको हुन सक्ने वीरगन्ज फार्मेसी अधिकृत सर्फराज अहमद खानले बताए।
अनुगमनका क्रममा विभागले बिना दर्ता सञ्चालित एक औषधि पसल सिल गरेको छ।
रामा मेमोरियल हस्पिटलभित्रको औषधि पसल दर्ता नरहेको पाइएपछि सिल गरेको अधिकृत खानले जानकारी दिए।
यसअघि बुधबार पनि विभागले जनकपुरधाममा अनुगमन गरेको थियो। सो क्रममा दर्ता नरहेका तीनवटा औषधि पसल सिल गरेको थियो।
Shares
प्रतिक्रिया