जनकपुरधामबाट तीन दिनदेखि बेपत्ता एक किशोरको शव फेला परेको छ। जनकपुरधाम उपमहानगरपालिका ७ बस्ने दिलिप साहको छोरा १८ वर्षीय अर्जुन साहको शव आइतबार फेला परेको हो।
महोत्तरीको लोहारपट्टी नगरपालिका ८ भगवानपुर चौरस्थित भ्रमरपुराबाट लोहारपट्टी जाने भित्री सडक खण्डमा बाटोको पश्चिममा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
घटनास्थलको प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने आशंका छ। प्रहरीका अनुसार घटनास्थलबाट मट्टीतेल, कपडा लगायतका अन्य सरसमान फेला परेको छ।
घटनास्थलको लास जाँच मुचुल्का तयार गरी पोस्टमार्टमको लागि शिक्षण अस्पताल काठमाडौँ पठाइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए।
एक प्रहरीका अनुसार अर्जुन तीन दिनअघि पाँचछ जना साथीसँग अटो रिक्सामा बसेर पिकनिक गएका थिए।
39
Shares
प्रतिक्रिया