ad ad

मधेस


रौतहटमा चामलको कालोबजारी गरेको आरोपमा भारतीय पक्राउ

रौतहटमा चामलको कालोबजारी गरेको आरोपमा भारतीय पक्राउ

गौरस्थित भारतीय नागरिक राजेन्द्रप्रसाद गुप्ताको चामल पसल।


नेपालखबर
भदौ १५, २०७९ बुधबार १०:१५, सर्लाही

रौतहटमा चामलको कालोबजारी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

गौर नगरपालिका–१ रामजानकी धर्मशालानजिकै चामल पसल गरी बस्ने भारतको बिहार राज्य सितामढी जिल्ला बैरगनिया घर भएका ४४ वर्षीय राजेन्द्रप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको हो। 

उनले इन्डियन ब्रान्डको बोरामा स्थानीय कमसल जातको चामल प्याकिङ गरेर बिक्री गर्ने गरेको पाइएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी सुनिल मल्लले जानकारी दिए। 

स्थानीयले दिएको सूचनाका आधारमा पुगेको प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो। 

‘इन्डियन ब्रान्डेड बोरामा कमसल चामल भरिरहेको अवस्थामा उनलाई पक्राउ गरेका हौं’, डीएसपी मल्लले भने,  ‘उनको गोदामबाट प्याकिङ गर्न ठिक्क पारिएको खुला चामल ५० बोरा, प्याकिङ गरिएको चामल २९२ बोरा, १२० वटा खाली बोरा र एक थान बोरा सिलाउने मेसिन बरामद गरेका छौं।’ 

गुप्ताले सञ्चालन गरिरहेको चामल पसल, गोदाम सबैमा प्रहरीले सिलबन्दी गरी ताला लगाएको छ। 

गुप्तालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय (गौर) बाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको डीएसपी मल्लले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .