ad ad

मधेस


मधेशी सहिद लोकमार्गको ‘एलाइनमेन्ट’ सार्वजनिक

मधेशी सहिद लोकमार्गको ‘एलाइनमेन्ट’ सार्वजनिक

नेपालखबर
चैत १९, २०७९ आइतबार १७:३४, जनकपुरधाम

मधेश सरकारले निर्माण गर्न लागेको मधेशी सहिद लोकमार्गको एलाइनमेन्ट सार्वजनिक गरिएको छ। 

३११ किलोमिटर लम्बाइ रहने मधेशी सहिद लोकमार्गको एलाइनमेन्ट मधेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेका हुन्।

विगत लामो समयदेखि कागजमै सिमित रहेको यो मार्ग निमार्णका लागि रुट रेखांकन सार्वजनिक गर्दै मन्त्री यादवले चाँडै टेण्डर प्रक्रिया अगाडि बढाइने जानकारी दिए। 

उनले प्रदेशकै गौरवको योजना रहेको यो मार्गको दुई महिनाको अध्ययन, अनुसन्धान पश्चात रेखांकन गरिएको बताए। पूर्व–पश्चिम राजमार्ग र हुलाकी राजमार्गको मध्य भागमा समेटेर सप्तरीदेखि पर्सासम्मको बिचको भू–भागलाई जोड्नेगरि मधेशी सहिद लोकमार्ग निर्माण गरिने मन्त्री यादवले जानकारी दिए।

रेखांकन सर्वेका लागि टेन्टर लगाइ सकिएको र सर्वे डिजाइन गरेर पेश गर्ने सम्झौतासमेत भइसकेको बताउँदै आगामी दुई महिनाभित्र सर्वे डिजाइनको डीपीआर मन्त्रालयमा पेश गरिने तथा यस आर्थिक वर्षको अन्त्यसम्ममा मधेशी सहिद लोकमार्ग निर्माणका लागि टेन्डर लगाइ सकिने बताए  

लोकमार्गअन्तर्गत विभिन्न रुट गरी सप्तरीमा ६४, सिरहामा ४६, धनुषामा ३० र महोत्तरीमा २३ किलोमिटर कालोपत्रे सडक बन्ने जानकारी दिए। दुई लेनको सो सडक सर्लाहीमा ५१, रौतहटमा २०, बारामा ३६।८६ र पर्सामा ४० किलोमिटर कालोपत्रे निर्माण गरिने उनले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .