ad ad

मधेस


अनलाइन ठगी गर्ने ६ जना प्रहरीको नियन्त्रणमा

अनलाइन ठगी गर्ने ६ जना प्रहरीको नियन्त्रणमा

नेपालखबर
बैशाख १०, २०८० आइतबार १६:५६, जनकपुरधाम

अनलाइनको माध्यमबाट ठगी गर्दै आएको आरोपमा धनुषा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। 

टल्विन लाइफ नेटवर्किङ ब्राउजरबाट लाखौंको ठगी गर्ने गिरोहलाइ पक्राउ गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिएका छन्।

पीडितहरुको जाहेरीका आधारमा अनलाइन ठगीमा संलग्न रहेका ६ जनालाई पक्राउ गरिएको उनले बताए। 

पक्राउ पर्नेमा विदेह नगरपालिका १ का ४० वर्षीय संजिव भिनवार यादव, कमला नगरपालिका ३ का २५ वर्षीय रंजित यादव, जनकपुरधाम उप–महानगरपालिका १७ का ३३ वर्षीय अंदेश महतो, जनकपुरधाम १६ का ३३ वर्षीय पप्पु पुर्वे, जनकपुरधाम १२ का ४८ वर्षीय उसमान  साफी र जनकपुरधाम १२ का २० वर्षीय मोहम्मद जिलानी साफीलाई प्रहरीले पक्राउ गरेको हो। 

टल्विन लाइफ नामक एक अमेरिकी संस्थाले इन्टरनेट मार्फत बाइनेन एप्लिकेसनबाट एकाउन्टमा पैसा लोड गरेर यो कारोबार गर्दै आएको थियो।

पक्राउ परेकाहरुले अहिलेसम्म १ हजार ९१ जना संग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ४ हजार ५ सयको दरले ४९ लाख ९ हजार ५ सय बराबरको रकम ठगी गरेको प्रहरीको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .