सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगरमा कुखुरा फार्ममा आगलागी हुँदा दुई हजार कुखुरा जलेका छन्।
शनिबार साँझ स्थानीय महेन्द्र यादवको कुखुरा फार्ममा आगलागी भएको हो।
कुखुरा फार्म जलेर नष्ट हुँदा साढे ४ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
हरिवन नगरपालिकाबाट गएको वारुण यन्त्र, सुरक्षाकर्मी र स्थानीयको पहलमा आगो निभाइएको प्रहरीले जनाएको छ।
27
Shares
प्रतिक्रिया