ad ad

मधेस


अर्थमन्त्रीले ‘नीतिगत भ्रष्टाचार’ गरेको भन्दै मधेश प्रदेशसभामा एमालेको अवरोध

सभामुखले गरे बैठक स्थगित
अर्थमन्त्रीले ‘नीतिगत भ्रष्टाचार’ गरेको भन्दै मधेश प्रदेशसभामा एमालेको अवरोध

नेकपा एमाले मधेश प्रदेशका प्रमुख सचेतक लखनदास तत्मा।


नेपालखबर
असार २३, २०८० शनिबार १६:१४, काठमाडौँ

नेकपा एमालेका सांसदहरूले मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्। मधेशका मुख्यमन्त्री सरोजकुमार यादव र अर्थमन्त्री सञ्जय यादवले कानुन मिचेर बजेट रकमान्तर गरेको भन्दै त्यसको जवाफ माग्दै एमाले सांसदले बैठक अवरुद्ध गरेका हुन्। 

नेकपा एमालेका प्रमुख सचेतक लखनदास तत्माले अर्थमन्त्री यादवले नीतिगत भ्रष्टाचार गरेकोसमेत आरोप लगाएका छन्। 

‘अर्थमन्त्रीले ठूलो अन्याय गर्नुभएको छ, उहाँले नीतिगत भ्रष्टाचार गर्नुभएको छ। त्यसको हामी घोर भत्र्सना गर्दछौं। के कति कारणले बजेट सेसन अन्त्य भइसकेपछि के कारणले रकमान्तर गर्नुभयो, त्यसको हामीलाई तुरुन्त जवाफ चाहियो,’ प्रदेशसभा बैठक अवरुद्ध गर्दै उनले भने।

एमालेको अवरोधपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .