ad ad

ग्लोबल


मध्यप्रदेश पिसाब प्रकरणका पीडितले भने– उहाँ हाम्रो गाउँको पण्डित हो, अब छाडिदिनू

मध्यप्रदेश पिसाब प्रकरणका पीडितले भने– उहाँ हाम्रो गाउँको पण्डित हो, अब छाडिदिनू

नेपालखबर
असार २३, २०८० शनिबार १६:१४, काठमाडौँ

मध्यप्रदेशको पिसाब काण्डमा अब पीडित दशमतले अभियुक्त प्रवेश शुक्लालाई रिहा गर्न चाहेको बताएका छन्।

शुक्रबार स्थानीय पत्रकारसँग कुरा गर्दै दशमतले आफू शुक्लालाई थप कारबाही नहोस् भन्ने पक्षमा रहेको बताएका हुन्। 

पत्रकारको जिज्ञासामा दशमतले भने, ‘हामी यसभन्दा अघि बढ्न चाहँदैनौँ, सरकारसँग हाम्रो माग छ– जे गल्ती भयो, भयो, अब प्रवेश शुक्लालाई रिहा गरियोस्, उहाँले पनि आफ्नो गल्ती महसुस गरिसकेका छन्। उहाँ हाम्रो गाउँको पण्डित हुनुहुन्छ, यसैले हामी धेरै भन्दैनौँ, हाम्रो माग छ– सरकारले उहाँलाई अहिले रिहा गरोस्।’ 

दशमतले पत्रकारसँग मुख्यमन्त्रीले आर्थिक सहयोग पनि गरिसकेको बताए। उनले भने, ‘मुख्यमन्त्रीले पनि आर्थिक सहयोग गर्नुभएको छ, सबै भइसक्यो।’

मध्य प्रदेशको सिधी जिल्लाको एउटा भिडिओ भाइरल भएको थियो, जसमा उभिएका व्यक्तिले बसेका व्यक्तिलाई पिसाब गरिरहेको देखिन्छ।

पिसाब फेर्ने प्रवेश शुक्लाको सम्बन्ध सत्तारुढ भाजपासँग देखिएपछि निकै हंगामा भएको थियो।

विवाद चर्किएपछि मध्य प्रदेश सरकारले आरोपितलाई राष्ट्रिय सुरक्षा ऐनअन्तर्गत कारबाही गरेको र अभियुक्तको घरको अवैध भागलाई बुलडोजरले भत्काएको दाबी गरेको छ।

यसपछि मुख्यमन्त्री शिवराज सिंह चौहानले घटनाका पीडित भनिएका दशमत रावतलाई मुख्यमन्त्री निवासमा बोलाएर खुट्टा धोएर घटनाका लागि माफी मागेका थिए।

सार्वजनिक भिडिओ कहिलेको हो र कुन परिस्थितिमा रेकर्ड गरिएको हो, कसले रेकर्ड गरेको हो भन्ने खुल्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .