ad ad

मधेस


सर्लाहीमा पर्व मनाउने क्रममा झडप, ६ प्रहरी र ४ स्थानीय घाइते

चार दर्जन अश्रुग्यास र हवाइ फायर
सर्लाहीमा पर्व मनाउने क्रममा झडप, ६ प्रहरी र ४ स्थानीय घाइते

घटनास्थल


नेपालखबर
साउन १४, २०८० आइतबार ८:१४, सर्लाही

सर्लाहीको गोडैतामा शनिबार साँझ दुई समूहबीच झडप हुँदा प्रहरी र स्थानीय गरी १० जना घाइते भएका छन्। 

घटनामा ६ प्रहरी र ४ स्थानीय घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए। 

गोडैता बजारमा स्थानीय मुस्लिम समुदायले ताजिया मोहरम पर्व मनाउने क्रममा दुई समूहबीच उत्पन्न विवादले झडपको रुप लिएको प्रहरीले जनाएको छ। 

डीएसपी पञ्जियारका अनुसार मुस्लिम समुदायले दाहा घुमाउन लैजाने क्रममा हिन्दु समुदायका केही स्थानीयले आफ्नो गाउँको बाटोबाट लैजान अवरोध गरेपछि झडपको स्थिति सिर्जना भएको हो। 

दुई समूहबीचको झडप रोक्ने क्रममा प्रहरीले २६ सेल अश्रु ग्यास प्रहार र १६ राउन्ड हवाइ फायर गरेको छ।

ढुंगा प्रहारबाट ६ प्रहरी र चार स्थानीय घाइते भएका डीएसपी पञ्जियारले नेपालखबरलाई जानकारी दिए।

ढुंगा लागेर गम्भीर घाइते भएका स्थानीय राजेश पटेलको हाल प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ। 

झपडमा घाइते भएका ६ प्रहरी र तीन स्थानीय उपचारपछि डिस्चार्ज भइसकेका छन्। झडपका क्रममा दुवै पक्षले इँटा, ढुंगा र सिसाका बोतल प्रहार गरेका थिए। 

झडप नियन्त्रणमा लिन शनिबार साँझ ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। 

थप झडप हुन नदिन गोडैता बजारमा अहिले पनि प्रहरी परिचालन गरिएको डीएसपी पञ्जियारले बताए। अहिलेसम्म घटनामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गरेको छैन। 

दुई समुदायबीच थप मनमुटाव र झडप हुन नदिन दुवै पक्षलाई राखेर  छलफल गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .