मधेस प्रदेश सभामा तोडफोड भएको छ।
मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रदेश सभा बैठकमा जनमत पार्टीका सांसदले विरोध गरिरहँदा सभामुख रामचन्द्र मण्डल सभा सञ्चालन गर्न लागेपछि सांसदहरू तोडफोडमा उत्रिएका हुन्।
तोडफोडमा संलग्न रहेको आरोपमा सभामुख मण्डलले जनमत पार्टीका सांसदलाई सभाबाट बाहिर निकाल्न निर्देशन दिए।
उनको निर्देशनपछि जनमतका सांसदलाई मर्यादापालकले बाहिर निकालेका छन्।
सभामुख मण्डलले सभाको सीसीक्यामेरा लगायत तोडफोड भएको र करिब चार लाखको क्षति भएको बताए।
उनले तोडफोड गर्नेहरूबाटै क्षतिपूर्ति भराउने चेतावनीसमेत दिएका छन्।
त्यसपछि लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले समेत प्रतिपक्षीबिना संसद चलाउन खोजेको भन्दै सभा बहिष्कार गरे।
459
Shares
प्रतिक्रिया