आलुको बोरामा राखेर नेपाल भित्र्याइरहेको अवस्थामा स्रोत नखुलेको ८३ लाख रुपैयाँ सशस्त्र प्रहरीले धनुषाबाट बरामद गरेको छ।
आलुको बोराभित्र लुकाएर नेपाल ल्याउँदै गरेको ८३ लाख ६४ हजार ५ सय नेपाली रुपैयाँसहित धनुषाको बीओपी इनर्वा सशस्त्र प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको जनकनन्दिनी गाउँपालिका-५ उदहा बस्ने ३६ वर्षीय ईश्वर मण्डल रहेका छन्।
त्यसैगरी जनकनन्दिनी गाउँपालिका-५ का १९ वर्षीय राजेश मण्डल पनि पक्राउ परेका छन्।
उनले ज ७ प ५००७ नम्बरको मोटरसाइकल पछाडि राखेको आलुको बोरामा त्यो रकम राखेका थिए।
उक्त रकम लुकाएर ल्याउँदै गर्दा चेकजाँचको क्रममा बरामद भएको बीओपी इन्चार्ज एवम् डीएसपी शम्भु कटुवालले जानकारी दिए ।
उनलाई बरामद श्रोत नखुलेको रकमसहित आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाएको सशस्त्र प्रहरीले जनाएको छ ।
उक्त रकम हुन्डी कारोबारीको हुन सक्ने आशंका गरिएको छ।
Shares
प्रतिक्रिया