नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईको फेसबुक पेज ह्याक भएको छ।
उक्त कुराको पुष्टि नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले मंगलबार गरेका छन्।
एक लाख फलोअरसहितको देसाईको आधिरकारिक फेसबुक पेज ह्याकरको निशानामा परेको हो।
कप्तान पौडलले देसाईको फेसबुक पेजबाट आउने कुनै प्रतिक्रिया, पोस्ट र म्यासेजलाई विश्वास नगर्न पनि आग्रह गरेका छन्। यदि उक्त पेजबाट कुनै गलत गतिविधि भएमा रिपोर्ट गरिदिन पनि पौडेलले भनेका छन्।
135
Shares
प्रतिक्रिया