ad ad

राजनीति


रवि लामिछानेको उम्मेदवारीविरूद्ध चितवनमा ४ वटा उजुरी दर्ता

रवि लामिछानेको उम्मेदवारीविरूद्ध चितवनमा ४ वटा उजुरी दर्ता

उम्मेदवारी दर्ताका क्रममा रवि लामिछाने। तस्बिर : नेपालखबर


नेपालखबर
चैत २१, २०७९ मंगलबार १८:४६, चितवन

चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेको उम्मेदवारीविरूद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा चारवटा उजुरी दर्ता भएका छन्।

सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यकाअनुसार तीन उजुरी उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले दिएका हुन् भने एउटा उजुरी इमेलमार्फत् प्राप्त भएको छ।

सिन्धुली घर भई हाल काठमाडौं महानगरपालिका–३१ आलोकनगर बस्ने युवराज पौडेलले इमेलमार्फत् उजुरी पठाएको आचार्यले जानकारी दिए।

उनले उजुरीमा विदेशको नागरिकता त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना अवधि पूरा नभई निर्वाचनमा उम्मेदवार हुन नमिल्ने उल्लेख गरेका छन्।

त्यस्तै स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवबहादुर सुवेदीले कार्यालयमै पुगेर उजुरी दिएका छन्।

उनीहरूले लामिछानेले पुरानो मतदाता नामावलीको आधारमा उम्मेदवारी दर्ता गरेको र नागरिकता लिएको तीन महिना नपुग्दै उम्मेदवार बन्न नमिल्ने जिकिर उजुरीमा गरेको आचार्यले बताए।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरीको सम्बन्धमा सम्बन्धित उम्मेदवारसँग स्पष्टीकरण सोधेर निर्वाचन आयोगमा पठाउने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .