प्रतिनिधि सभाको बैठक सुरु भएको छ। बैठकबाट राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाइदिएको नागरिकता ऐन संशोधन विधेयक हुबहु पारित गर्ने तयारी छ।
३१ साउनमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिले पुनर्विचार गर्न आएको विधेयक हुबहु फेरि पठाउने निर्णय गरेको थियो।
संसद्का दुवै सदनबाट पास भइसकेको नागरिकतासम्बन्धी विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए।
तर, राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसहित २९ गते विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन्।
बिहीबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले नागरिकता विधेयकमा साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाउनुपर्ने माग गरेको थियो।
यसबारे विषयगत समितिमा पनि छलफल गर्नुपर्ने माग गरेका थिए । तर, संसद् सचिवालयले बिहीबारै विधेयक पारित गर्ने विषय कार्यसूचीमा चढाएको छ।
प्रतिक्रिया