कोभिड–१९ मा लकडाउनको समयमा कलेजका लागि सरस्वतीको मूर्ति बनाउन पंकज साह पहिलो पटक गणेश मूर्ति कारखानामा पुगेका थिए। त्यो बेलामा प्रहरीले भिडभाड गर्न हुँदैन भनेर पूजा स्थगित भयो। त्यो बेला नै उनको चिनजान भएको थियो। त्यसपछि उनी मूर्ति बनाउनका लागि त्यहाँ पुग्न थाले। उनको रहर अहिले पेसामा परिवर्तन भैसकेको छ। पंकज मूर्ति बनाउनेसँगै साइट सुपरभाइजरको पनि काम गर्छन्, घर बनाउने, पार्टिसन लगाउने सबै काम गर्छन्।
छोटो समयमा नै उनले परालको खर बाँध्ने, माटो लगाउनेदेखि लिएर रङ लगाउन र मूर्ति बनाउन सिके। त्यसपछि उनको रहर यसमा अझै बढ्न थाल्यो। अहिले त उनी आफैँ मूर्ति बनाउने, रंगरोगन गर्ने र शृङ्गार गर्ने काम गर्छन्।
एउटा मूर्ति तयार पार्न १५ दिन लाग्ने उनी सुनाउँछन्। काठमाडौँका धेरै ठाउँमा मूर्ति चल्दैन तर काठमाडौंबाहिर मूर्तिको माग बढी हुन्छ।
असोज २८, २०८० आइतबार १९:४८
प्रतिक्रिया