हङकङमा एक वरिष्ठ प्रहरी अधिकारीको ठूलो भवनको १६ औं तलाबाट खस्दा सोमबार मृत्यु भएको छ।
त्युन मुनको सिङ चुङ कोन रोड गभमेन्ट क्वार्टरको १६ औं तलाबाट खस्दा प्रहरी इन्स्पेक्टर माइकल युको सोमबार बिहान साढे १० बजे मृत्यु भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
भवनबाट खसेर अचेत अवस्थामा पुगेपछि उनलाई त्युन मुन अस्पताल भर्ना गरिएको थियो। घटना भएको केही समयमै उनलाई अस्पतालले मृत्यु घोषणा गरेको थियो।
प्रहरीले इन्स्पेक्टर माइकल युको भवनबाट खसेर मृत्यु भएको पुष्टि गरेको छ। एससीएमपी
1.9k
Shares
प्रतिक्रिया