हङकङ क्रिकेट टोलीका कप्तान गिरफ्तार, इन्स्योरेन्स कम्पनीलाई ठगी गरेको आरोप

हङकङ क्रिकेट टोलीका कप्तान गिरफ्तार, इन्स्योरेन्स कम्पनीलाई ठगी गरेको आरोप

अजियाज मोहम्मद खान


नेपालखबर
साउन ६, २०७८ बुधबार १९:३,

हङकङको मुख्य क्रिकेट टोलीका कप्तानलाई प्रहरीले ठगी गरेको आरोपमा गिरफ्तार गरेको छ।

२८ वर्षका क्रिकेटर अजियाज मोहम्मद खान जो काउलुन क्रिटेक क्लबबाट पनि खेल्छन् उनीमाथि इन्स्योरेन्स कम्पनीलाई ३० लाख हङकङ डलर ठगी गरेको आरोप लागेको हो।

साउथ चाइना मर्निङ पोस्टका अनुसार उनले आफू सडक दुर्घटनामा घाइते भएको भन्दै पैसा असुली गरेका थिए।

यद्यपी उनले घाइते भएको भनेको अवस्थामा क्रिकेट खेलेको र अन्य काम गरेको प्रहरीको भनाइ छ। उनलाई मंगलबार चाइ वानको फ्ल्याटबाट पक्राउ गरिएको हो।

गत जुनमा उनले इन्स्योरेन्स कम्पनीबाट पैसा ठगी गरेको बताइएको छ। यस विषयमा यतिबेला थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .