हङकङ प्रदर्शनकारीका सर्त सरकारको अपमानका लागि मात्रः सिंगापुरका प्रधानमन्त्री

हङकङ प्रदर्शनकारीका सर्त सरकारको अपमानका लागि मात्रः सिंगापुरका प्रधानमन्त्री

नेपालखबर
असोज ३०, २०७६ बिहिबार ७:५५,

प्रदर्शनकारीले सरकार सामु प्रस्तुत गरेका सर्तले हङकङको जारी आन्दालन रोक्न मद्दत नगर्ने प्रधानमन्त्री लि सिन लुङले बताएका हुन्।

एससीएमपीका अनुसार लुङले फोर्ब्ससँगको कुराकानीमा हङकङका प्रदर्शनकारीले उनीहरुले प्रस्तुत गरेका सर्तभन्दामाथि उठे मात्र हङकङमा स्थायित्व आउने बताए।

उनले हङकङका प्रदर्शनकारीले गरेका व्यवहार चीनको ‘एक देश दुई प्रणाली’लाई ठेस पुग्ने खालको भएको बताए।

चीन प्रशासित हङकङमा सन् १९९७ मा लागू भएको एक देश दुई प्रणाली व्यवस्था २०४७ मा समाप्त हुँदैछ। त्यसपछि हङकङ चीनको संविधानअनुसार शासित हुनेछ।

हङकङ चीनको पूर्ण शासनमा जानु अगाडि नै त्यहाँ ठूलो प्रदर्शन भइरहेको छ।

Image result for hk protest hitting police

हङकङ सरकारले सुपुर्दगी विधेयक संसदमा छलफलमा लगेपछि त्यहाँ १९ हप्तायता प्रदर्शन जारी छ।

प्रदर्शनकारीले अमेरिकी र वेलायती झण्डा बोकेर सरकारविरुद्ध प्रदर्शन जारी राखेका छन्।

हिंस्रक प्रदर्शनपछि हङकङ सरकारले सुपुर्दगी विधेयक फिर्ता लिइसकेको छ। यद्यपी प्रदर्शन जारी छ।

सुपुर्दगी विधेयक फिर्ता भइसकेपछि प्रदर्शनकारीले सरकार सामु पाँच सर्त राखेका थिए। ती सर्तमध्ये मुख्य दुई बुँदामा सहमति हुन सकेको छैन।

कार्यकारी प्रमुख क्यारी लामको राजीनामा र हङकङमा थप स्वतन्त्रता। यस थप स्वतन्त्रताको बुँदाले प्रदर्शनकारीले हङकङ चीनबाट अलग्याउन खोजेको अनुमान छ।

 

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .