हङकङमा सरकार बिरुद्द चलिरहेको आन्दोलन सरकारले प्रमुख पाँच माग पूरा गरिदिए पनि नरोकिने हङकङका मुलधार मिडिया सिङ ताओ न्यूज कर्पोरेसनका अध्यक्ष चार्ल्स होले बताएका छन्।
चार्ल्सले उक्त कुरा ब्लुमबर्ग टेलिभिजन मार्फत बिहीवार बताएका हुन्। मिडिया मालिक चार्ल्सका अनुसार अशान्तीपुर्ण आन्दोलन मार्फत विदेशी शक्तिकेन्द्रहरु हङकङ सरकारलाई असफल बनाई च्युत गर्न चाहेका छन्।
चार्ल्सले भने, ‘यदि तपाईंहरुले प्रदर्शनकारीहरूको नारालाई हेर्नुभयो भने तपाईलाई यकिन हुनेछ कि ति सबै ताइवानी चिनियाँहरु हुन्। तपाईं देख्न सक्नुहुन्छ कि ति प्रदर्शनकारीहरू, जसलाई म दङ्गाकारी भन्न रुचाउँछु उनीहरू राम्रो आर्थिक रुपमा परिचालित छन्, तिनीहरू व्यवस्थित र सु सम्पन्न छन्, र तपाईंहरु उनीहरूको रसदलाई हेर्नु भयो भने उनीहरू हङकङ प्रहरीको भन्दा उच्च स्तरको लाग्नेछ’ उनले अगाडि थपे, ‘यो साधारण प्रदर्शन होइन, आन्दोलनको पछाडि कोही न कोही छ, त्यहाँ पछाडी एक ठूलो नेता छ। मलाई लाग्छ पश्चिमी मिडियाहरु हङकङ प्रहरी उपर अनुदार रहे। म आन्दोलनको अन्त्य देख्दिन। मलाई लाग्छ यो जारी रहनेछ र हामीले हङकङको सुरक्षाका लागि पुलिसमा निर्भर रहनुको विकल्प छैन।’
चार्ल्सले गत बुधबार प्रमुख कार्यकारी क्यारी लामद्वारा घोषित नीति तथा कार्यक्रमको समेत आलोचना गर्दै उक्त घोषणा अधिकांश जनतालाई खुशी पार्न पर्याप्त नभएको र लामले जमिनको मुद्दालाई राम्रोसँग सम्बोधन नगरेको बताएका छन्। जग्गा जमिन नीति पर्याप्त नभएको बताउँदै लामले जग्गाको मूल्य कम गर्नका लागि जग्गाको आपूर्तिको स्रोत पत्ता लगाउनु पर्ने बताएका छन्।
यसैबिच सिङ्गापुरका प्रधानमन्त्री ली सिन लूङ ले हङकङ प्रदर्शनकारीका मागहरु सरकारको अपमान गर्नको लागि मात्र ल्याएको भन्दै हङकङमा जारी आन्दोलन उक्त मागहरुले रोक्न मद्दत नगर्ने बताएका छन्।
हङकङमा विभिन्न मागहरु राखेर बिगत बीस हप्ताबाट निरन्तर आन्दाेलन जारी छ।
प्रतिक्रिया